आईसीसीको वरियतामा टप ४० मा पर्न पारस सफल,सोमपाल र रेग्मी पनि वरियतामा अघि


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) वरियतामा पहिलो पटक टप ४० मा पर्न सफल भएका छन् ।

आईसीसीको आधिकारीक वेभसाईटले खड्का अलराउण्डरको विधामा ७६ रेटिङ साथ उनी ३९ औं स्थानमा पर्न सफल भएका हुन् । नेपाली टोलीका युवा खेलाडी सोमपाल कामीले टी–२० क्रिकेटको बलिङ बरियतामा २२ स्थान सुधार गरेको उक्त वेभसाईटमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

ब्याटिङतर्फ भने कप्तान खड्का ९० औं स्थानमा छन् । कामी हाल ७० औं वरियतामा रहेका छन् । उनले ४०९ रेटिङ अंक पाएका छन् । अलराउण्डरतर्फ भने उनी ५१ औं नम्बरमा रहेका छन् ।

त्यस्तै बलिङतर्फ नेपालका बसन्त रेग्मीले ७१ औं स्थान र अर्का उदयमान बलर सन्दीप लामिछाने १५९ औं स्थान सुरक्षित गरेका छन् । टि–ट्वान्टी क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम रहेका छन् । त्यसैगरी बलिङतर्फ अफगानिस्तानका युवा बलर राशिद खान र अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल शिर्ष स्थान रहेको आईसीसीले जनाएको छ ।

यस्तो छ आईसीसीको वेभसाईटमा प्रकाशित समाचार-

प्रतिक्रिया दिनुहोस
Advertisement