क्रिकेट संघको चुनावमा पारसको अग्रता


काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा भएको निर्वाचनको मतगणनामा पारस खड्काले अग्रता लिएका छन् ।

कार्यसमितिको १ सचिव र १० केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो ।

सचिव पदमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा टक्कर देखिएको छ । हालसम्म २० मत गनिसक्दा पारसले अग्रता लिएका छन् ।

पारसले १२ मत पाउँदा प्रशान्तले ८ मत ल्याएर पछ्याइरहेका छन् । १० मत गणना हुँदा दुवैले ५/५ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement