परराष्ट्र सचिव पौड्यालले लिए अवकाश,निमित्तमा सेवा लम्साल

परराष्ट्र सचिव पौड्यालले लिए अवकाश,निमित्तमा सेवा लम्साल


काठमाण्डु – परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । ‘करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु’, सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ ।

सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छन् । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।