परराष्ट्र मामिला सम्बन्धमा अध्ययन गर्ने ‘थिङ्क ट्याङ्क’ संस्थामा सशस्त्रका पूर्व एआईजी श्रेष्ठ नियुक्त


काठमाडौं – मन्त्री परिषदको पछिल्लो बैठकले परराष्ट्र मामिला सम्बन्धमा अध्ययन गर्ने ‘थिङ्क ट्याङ्क’ संस्थाको रुपमा चिनिएको प्रतिष्ठानको कार्यकारी निर्देशकमा सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेश श्रेष्ठ कार्यकारी निर्देशकमा नियुक्त भएका छन् ।

नेपाली सेनाका दुई पूर्व जनरलहरुलाई पछि पार्दै सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेश श्रेष्ठ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक बनेका नियुक्त भएका हुन् ।

कार्यकारी निर्देशकका लागि सरकारले योग्य उम्मेदवारहरुबाट दरखास्त आव्हान गराउंदा नेपाली सेनाका पूर्व उपरथीद्वय जगदीशचन्द्र पोखरेल, देबेन्द्रबहादुर मेधासी र सशस्त्र प्रहरीका पूर्व एआइजी श्रेष्ठ अन्तिम तीन सूचीमा परेका थिए । त्यसमध्ये पूर्वउपरथी मेघासी पर्वत र पोखरेल  र परराष्ट्रमन्त्री ज्ञवालीको गृहजिल्ला गुल्मीका हुन् भने कार्यकारी निर्देशक बन्ने मौका पाएका श्रेष्ठ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको गृहजिल्ला ओखलढुङ्गाका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीको सचिवालयमा गुल्मीको दबदबा बढ्न थालेको भन्दै आलोचना भइरहेका बेला तीन प्रतिस्पर्धीमध्ये दुई जना गुल्मीकै परेपछि लामो समय कार्यकारी निर्देशकको चयन हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
Advertisement