कांग्रेसलाई मन्त्री गुरुङको जवाफः एकल महिला र अशक्तको भत्ता काटिँदैन !


काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले एकल महिला र अशक्तलाई दिइँदै आएको भत्ता नकाटिने प्रष्ट पारेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एकल महिला र अशक्तले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता काटेकोमा आपत्ति जनाएको थियो ।

मन्त्री गुरुङले समस्याको दीर्घकालिन समाधानका लागि सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय, कानून मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग ऐन र नियमावली संशोधनका लागि पहल भईरहेको जानकारी दिए ।

‘सरकार पाईआएको सामाजिक सुरक्षा भत्ता काट्ने नभई बढाउन प्रयत्नरत छ । विधवा भत्ता र निलो कार्ड भएका अति अशक्तले पाउने भत्ता काटिने छैन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement