पर्वतमा ९० वर्षीया वृद्धालाई बलात्कार गर्ने युवकलाई ११ वर्ष कैद


फलेवास – नब्बे वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका– ३ देउराली बस्ने २० वर्षीय शंकर परियार थुनामा परेका छन् ।

पर्वत जिल्ला अदालतका न्यायाधीश ध्रुबप्रसाद सापकोटाको इजलासले आइतबार उनलाई ११ वर्ष कैद र ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको श्रेस्तादार दयाराम पोख्रेलले बताए । बोल्नसमेत नसक्ने पीडित वृद्धालाई आरोपीले ०७५ वैशाख ५ गते मदिरा सेवन गरेर बलात्कार गरेको उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement