जनरल परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्ड ‘रद्द’


काठमाडौं – पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई पाकिस्तानको लाहोर हाइकोर्टले मृत्यु दण्डको सजाय उल्टिएको छ। देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाउने विशेष गैरकानुनी भन्दै अदालत भंग गरेको हो । यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानका पूर्व सैनिक प्रमुखसमेत रहेका मुसर्रफले विषेश अदालतको निर्णयविरुद्ध लाहोर उच्च अदालतमा पुनरावेदन गरेका थिए। उनले उक्त अदालतको गठनमाथि नै प्रश्न उठाएका थिए। सैनिक कूपछि सत्तामा आएका मुसर्रफ सन् २००१ देखि सन् २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए।

सन् २००७ मा संविधानलाई खारेज गरि आफ्नो सत्ता लम्ब्याउन प्रयाश गरेको अभियोगमा मुसर्रफविरुद्ध देशद्रोहको आरोप लागेको थियो। सन् २०१३ मा सुरु भएको यस सम्बन्धी अदालती सुनुवाईमा गत महिना सुरु अदालतले फैसला गरेको थियो। उच्च अदालतको फैसलामा विशेष अदालतले कानुनी प्रक्रियाहरु पूरा नगरेको जनाएको छ । धारा ६ मा गरिएको १८ औं संसोधनअनुसार यस्तो सजाय दिन नसकिने अदालतको ठहर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement