भोलि शतप्रतिशत विश्वासको मत पाउँछु : प्रधानमन्त्री दाहाल


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सबै दलको समर्थनमा विश्वासको मत पाउने बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले आफुले सत प्रतिशत सांसदको विश्वासको मत पाउने बताएका हुन्।

यसअघि ९९ दशमलव २५ प्रतिशत सांसदको विश्वासको मत पाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोमबार शतप्रतिशत सांसदको विश्वासको मत पाउने बताएका छन् ।

एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । हालसम्म कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने औपचारिक रुपमा निर्णय गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement