नेकपा पर्साका सचिव चौरसिया हत्या प्रकरणः अध्यक्ष प्रचण्डद्वारा दोषीमाथि कारबाहीको माग


काठमाण्डु – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पर्साका सचिव  मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । प्रचण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै नेकपा पर्साको विन्दवासिनी गाउँपालिका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका हुन् ।

अध्यक्ष प्रचण्डले भने,‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’ विन्दवासिनी पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रमका क्रममा भएको झडपमा कात्तिक ६ गते चौरसियाको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement