शिविर घोटालामा म दोषी देखिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकु शिविरमा भएको भनिएको घोटालामा आफू दोषी देखिए जेल जान तयार रहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीको प्रश्नको जवाफ दिँदै प्रचण्डले आफू दोषी देखिए जेल जाने बताए ।

उनले माओवादी लडाकु शिविरमा भ्रष्टाचार भयो भन्नु पूर्वाग्रही आरोप भएको बताए । उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री रामशरण महत भएका बेला सबै हिसाबकिताब गरेर लेखापरीक्षण भइसकेको बताए ।

उनले २०४८ सालयताका सबै भ्रष्टाचारको छानबिन गर्न आफू तयार रहेको बताए । बिहीवार प्रतिनिधिसभा बैठकमा सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तर कार्यक्रम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement