कोरोनाविरुद्ध विजय प्राप्त गर्न बुद्धका उपदेश महत्त्वपूर्णः अध्यक्ष प्रचण्ड


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि ठूलो योगदान दिनु भएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय भएका बताएका छन् ।

२५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरको उपलक्ष्यमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । बुद्धको उपदेशले उच्च मनोबल पैदा गर्न र कोरोनाविरुद्ध विजय प्राप्त गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै उनले सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सदभाव र सहिष्णुता नेपाली समाजको विशेषता रहेको उल्लेख गरेका छन् ।

‘बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरू पहिल्याउनु भएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौं’ प्रचण्डद्वारा जारी शुभकामना व्यक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement