सुकुटे पुगे अध्यक्ष प्रचण्ड


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा पनि बिप्लब समुहको नेपाल बन्दको प्रभाव परिरहेका बेला नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ सुकुटे आईपुगेका छन् ।

बिहीवार नेकपा अध्यक्ष प्रचण्ड, उनकी पत्नी सीता दाहाल र सांसद् अग्नि सापकोटा सुकुटे पुगेका हुन् । पार्टीले महत्वपूर्ण निर्णय गर्ने बेला प्रचण्ड आरामका लागि सुकुेट बीच जाने गरेका छन् ।

प्रचण्डका पारिवारिक स्रोतका अनुसार उनीहरू बिहीबार सुकुटे बीचमै बस्ने र भोलि अपरान्ह काठमाडौं फर्कनेछन् । नेकपा एकता प्रक्रिया टुङ्याउन नेकपाका दुई अध्यक्षबीच केही दिनअघि चन्द्रागिरिमा विशेष छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement