माओवादी अध्यक्ष प्रचण्ड र ओलीबीच गोप्य बैठक सुरु


काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गोप्य वार्ता सुरु भएको छ । उच्च स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले आजको बैठकलाई निर्णायक बनाउने गरी छलफल सुरु गरेका हुन । एक घण्टा अघि ललितपुरको मानवभवनमा रहेको व्यवसायी शारदा अधिकारीको घरमा गोप्य बैठक सुरु भएको स्रोतको दाबी छ ।

माओवादी केन्द्र र एमालेबीच पार्टी एकता नहुने चर्चा चलिरहेको बेला दुबै नेताबीच एक्ला एक्लै बैठक सुरु भएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधवार आफु निकटस्थहरुसंग एमाले अध्यक्ष ओलीसंग एकताबारे अन्तिम बैठक गर्ने बताएका थिए ।

चुनावअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एकिकृत पार्टीको अध्यक्ष दिने सहमती भएपनि एमाले अध्यक्ष ओली उक्त सहमतीबाट पछि हटेको भन्दै माओवादी नेताहरुले असन्तुष्टि जनाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement