ब्रेकिंग न्युज समाचार

प्रदर्शनकाबीच अदालत लगियो रवि लामिछानेलाई

काठमाडौं  – शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ । बिहीबार नै पक्राउ गरिएका न्यूज२४ का सञ्चारकर्मी युवराज कँडेल तथा नर्स रुकु भनिने अस्मिता कार्कीलाई समेत अदालत उपस्थित गराइएको हो ।

dish home

जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनका बीच उनीसहित तीन जनालाई अदालत उपस्थित गराइएको छ । न्यायाधीश विनोदकुमार गौतमको इजालसमा पेश गरिएका उनलाई प्रहरीले थुनामा राखी अनुसन्धान गरिपाउँ भन्ने माग गरेको छ। कानुनअनुसार आत्महत्यामा दुरुत्साहन अभियोगमा अदालतबाट अनुमति लिएर प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ।

रवि लामिछानेको पक्षमा केही जनमत देखिएको छ। उनका समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालय नजिकै प्रदर्शन गरेका छन्। प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ले राजमार्ग बन्द गराउन खोज्ने र उच्छृंखल गतिविधिमा संलगन ५ जनालाई नियन्त्रणमा लिएको बताए।

पत्रकार पुडासैनीले मर्नुअघि आफ्नै मोबाइलमा रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि रवि लामिछाने पक्राउ गर्न प्रहरीलाई दवाब परेको थियो। डिजिटल ल्याबबाट भिडियोको वास्तविकता चेकजाँचको निष्कर्ष पाएसँगै प्रहरीले ३ जनालाई बिहीबार पक्राउ गरेको हो।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top