उद्घाटन सत्र सकेर कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित भएको छ । उक्त प्रदेशका विभिन्न वडा, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रमा पार्टीको आन्तरिक विवादले अधिवेशन हुन नसकेको हो ।

अधिवेशन हुन नसकेपछि उद्घाटन सत्र सकेर प्रदेश अधिवेशन स्थगित गरेको स्रोतले जनाएको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश २ का संयोजक रमेश रिजालले सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनका बाँकी कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement