प्रदेश-२ सरकारले ल्यायो विश्वविद्यालय खोल्न अध्यादेश


जनकपुरधाम – प्रदेश -२ सरकारले दुईवटा विश्वविद्यालय खोल्ने गरी अध्यादेश ल्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय खोल्न अध्यादेश प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

वीरगञ्जमा प्राविधिक र राजविराजमा कृषि विश्वविद्यालय खोल्नेगरी मन्त्रिपरिषद्ले प्रमाणीकरणका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement