प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट


धनगढी – प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सांसद भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि बुधवार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त हुन बहुमत रहेको दावी पेश गर्न आग्रह गरेपछि भट्टले बामबठबन्धनका ३७ जना सदस्यको आफूलाई समर्थन रहेको भन्दै दावीपत्र पेश गर्नुभएको थियो । विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टलाई शनिवार अपरान्ह ३ बजे शपथ खुवाइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

४८ वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वा्चित सांसद हुन् । प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement