प्रदेश २ को बैठक सुरु हुनासाथ सहिदको तस्वीर खोज्दै हंगामा


धनुषा – प्रदेश नम्बर २ मा प्रदेश सभाको पहिलो अधिवेशन शुरु भएको छ । सभामुख तोकिनसकेकाले  ज्येष्ठ सदस्य लगनलाल चौधरीले बैठकको अध्यक्षता गर्नुभएको छ । बैठकको सुरुवात राष्ट्रिय गानबाट गरिएको छ ।

राष्ट्रिय गानपछि शहीदप्रति एक मिनेट मौन धारण गरिएको छ । तर मधेस आन्दोलनका क्रममा शहीद भएकाको तस्बिर सभाहलमा नराखेको भन्दै राजपाका सांसदले विरोध गर्दा बैैठकमा २ मिनेट अवरोध भएको थियो ।  बैठकका अध्यक्षले शहीदको तस्बिर राख्ने प्रतिबद्धता जनाएपछि बैठक अहिले चलिरहेको छ ।

लगत्तै राजपा सांसद डिम्पल झाले मधेसका सहिदको तस्वीर नराखेसम्म बैठक अघि नबढ्ने बताएपछि सांसदहरु आफ्नो स्थानबाट उठेका थिए । मधेस केन्द्रित दलका सांसदहरुले विरोध जनाइरहंदा एमाले सांसदहरुले बैठक अवरुद्ध गर्न नपाइने भन्दै आपत्ति जनाए ।

एमाले र मधेस केन्द्रित दलको वेग्लावेग्लै विरोधले संसद बैठकको प्रारम्भमै हंगामा हुने संकेत दियो ।तर, जेष्ठसदस्यको हैसियतमा सभा चलाइरहेका लगनलाल चौधरीले अर्को बैठकमा मधेस आन्द ोलनका सहिदहरुको तस्वीर राख्न रुलिङ गरे । योसंगै मधेस केन्द्रित दलहरु बैठक अघि बढ्न दिन तयार भए ।

प्रतिक्रिया दिनुहोस
Advertisement