काठमाण्डु-प्रदीप नेपालले आफु माधवकुमार नेपालको मान्छे भएको बताएका छन् । माधव नेपालको नेतृत्वमा बुधबार दर्ता भएको नेकपा एमाले (समाजवादी) को केन्द्रीय कमिटीमा आफ्नो नाम राखेर किर्ते गरेको बताएका नेता नेपालले बिहीबार आफु नेपालको मान्छे भएको बताएका हुन् ।
उनले माधव नेपालको मान्छे भएको बताए पनि आफु ६ वर्षदेखि कमिटीबिहीन भएकाले अहिले आफ्नो कुनै कमिटी नभएको जनाएका छन् । सामाजिक सञ्जाल फेसकुमा नेता नेपालले लेखेका छन्, ‘म माधव नेपालको मान्छु हुँ । अहिले मेरो कुनै कमिटी छैन । छ वर्षदेखि म कमिटीबिहिन अबस्थामा छु ।’ नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल एमाले विवादमा कुनै पक्षमा पनि खुलेका छैनन् ।
प्रतिक्रिया