पक्राउ पूर्जी जारी भएका प्रकाण्ड बालुवाटार छिरे


काठमाण्डु- नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच यसअघि सरकारसँग भएको सहमति, अदालतबाट जारी पक्राउ पूर्जी लगायत समसामयिक विषयमा छलफल भएको छ ।

अदालतले प्रकाण्डसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरुविरुद्ध पूर्जी जारी गरेको थियो । जिल्ला अदालत काठमाण्डुले पक्राउ पूर्जी जारी भएकाहरुलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement