गीत गाइरहेका बेला प्रकाश सपुतको टाउकोमा बोतल प्रहार भएपछि …


काठमाण्डु – गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ। रोमनियाको एक कार्यक्रममा उनीमाथी बोतल प्रहार भएको हो । उनीमाथी प्रहार भएको सो घटनाको भिडियो टिकटकमा भाइरल भएको छ ।

ट्विटरमा एक प्रयोगकर्ता पुष्पक थापाले लेखेका छन्, ‘रोमानियाको एउटा कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूतमाथि बोत्तल प्रहार, कलाकार भनेको रास्ट्रको गहना हो, सकिन्छ सम्मान गरौ, सकिदैन भने अपमान पनि नगरौ ।

बोतल प्रहारपछि आधा घण्टाजति बिथोलिएको कार्यक्रमलाई गायक सपुतले पुनः गीत गाएर निरन्तरता दिएका थिए। सपुतलाई स्टेजमै बियरको बोतलले हानिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement