काठमाण्डु – प्रतिनिधिसभा बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२’ बहुमतले पारित भएको छ ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयक निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै विधेयक दफाबार छलफका लागि बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए ।
विधेयकमाथि ६ वटा संशोधन परेको थियो । सांसदहरू लीमा अधिकारी आचार्य र सांसद गणेश कार्कीले संशोधन फिर्ता लिएका थिए । अर्थमन्त्री डा. वाग्लेले सांसदहरूले राखेको संशोधन सरकारले स्वीकार गर्ने बताए ।




प्रतिक्रिया