काठमाण्डु – प्रतिनिधिसभा बैठकले आईतबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ ।
विपक्षी दलहरूको विरोध र नाराबाजीबिच आईतबार राति सभामुख डीपी अर्यालले मस्यौदा समितिका सभापति गणेश पराजुलीले निर्णयार्थ पेश गरेको प्रतिवेदन बहुमतले पारित भएको जानकारी दिए ।
अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्न थालेदेखि नै विपक्षीले अवरोध सुरु गरेका थिए तर सभामुखले जबरजस्ती बैठकको कारबाही अघि बढाएपछि सदनमा घम्साघम्सी भएको थियो ।
विपक्षी दलहरूले प्रतिनिधिसभा नियमावलीको मस्यौदामा दर्ता भएका संशोधन प्रस्तावमाथि विषयगत समितिमा पठाएर थप छलफल गर्नुपर्ने माग गरेकोमा सभामुख अर्यालले निर्णयार्थ पेश गरेका थिए ।




प्रतिक्रिया