काठमाण्डु – प्रतिनिधि सभाको सोमबारको बैठकले संसद्को आईतबारको बैठकमा सांसद सदस्यले अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभा सचिव प्रकाश अधिकारीको संयोजकत्वमा संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहेको ३ सदस्यीय समिति गठन गरेका हुन् ।
समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
प्रतिनिधि सभाको आईतबारको बैठकमा केही सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक क्षति समेत पुर्याउने काम गरेको सभामुखले जानकारी गराएका छन् ।
प्रतिपक्षले आईतबार पनि सदन अवरुद्ध गरेपछि सोमबारका लागि तय भएका बैठकको कार्यसूचीका विषयहरू हटाइएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ १९ गते १ बजे बस्ने जनाइएको छ ।




प्रतिक्रिया