दफावार छलफलका लागि २ विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत

दफावार छलफलका लागि २ विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाले विभिन्न २ विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलेले प्रस्तुत गरेका प्रस्तावहरू बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उनले प्रस्तुत गरेका ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत गरिएको छ ।

यसअघि बैठकमा मन्त्री गौतमले प्रधानमन्त्री शाहको तर्फबाट आर्थिक वर्ष २०८१/८२ का न्याय परिषद्को वार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन र लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् ।

त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गरेका थिए । प्रतिनिधि सभाको अर्काे बैठक असार ३१ गते बिहान ११ बजे बस्नेछ ।