संसद् अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्ने तयारी

संसद् अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालू अधिवेशन असोज १६ गते अन्त्य गर्ने तयारी भएको छ ।

अधिवेशन अन्त्य गर्ने विषयमा सरकार र संघीय संसद् सचिवालयबिच आवश्यक परामर्श भइरहेको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार छ । मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्नेछन् ।

चालू संसद् अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो । संविधानको धारा ९३ को उपधारा (१) मा सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्ने र उपधारा (२) मा अधिवेशन अन्त्य गर्न सक्ने व्यवस्था गरिएको छ ।