प्रतिनिधिसभा बैठक दशैंपछि बस्ने गरी कात्तिक १२ गतेसम्म स्थगित


काठमाण्डु – प्रतिनिधिसभा बैठक कात्तिक १२ गतेसम्मका लागि स्थगित भएको छ ।

आज शुक्रबार बसेको बैठकपछि सभामुख देवराज घिमिरेले अर्काे बैठक कात्तिक १२ गते दिउँसो १ बजे बस्ने जानकारी दिए ।

सरकारले संसद्को चालू अधिवेशन अन्त्य गर्ने विषयमा परामर्श गरिरहेको छ । हिजो बिहीबार बसेको गठबन्धनको बैठकले दशैं पनि नजिकिएकाले आजैबाट अधिवेशन अन्त्य गर्न सुझाव दिएको थियो ।

सभामुखले दशैंपछि मात्रै बस्ने गरी बैठकको समय निर्धारण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement