राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आगामी माघ २२ गते सोमबारका लागि अधिवेशन आह्वान गरेका हुन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement