सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०८१ प्रतिनिधि सभाबाट पारित भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गरेको सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ ।

विधेयकको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणको काम गर्न समय लाग्ने बताइन् । खरिद नियमावलीको व्यवस्था र सरकारी प्रावधानहरू सबै पालना गर्नुपर्ने भएकाले काम हुने मिति तोक्न नसकिने उनले बताइन् ।

कैयौ मशिनहरू छपाई गर्नसक्ने स्थितिमा रहे पनि अन्य कैयौ मशिनहरू पनि ल्याउनुपर्ने उनले बताइन् ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ २७ गते आईतबार बिहान ११ बजे बस्नेछ ।