प्रतिनिधिसभा बैठक पर्सिसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक पर्सिसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक पर्सिसम्म स्थगित भएको छ ।

सोमबार बसेको बैठक प्रतिपक्षी दलको अवरोधपछि आधा घण्टाका लागि स्थगित भएकोमा सहमति नजुटेपछि पर्सिसम्म स्थगित गरिएको छ ।

सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग बसेर सहमति प्रयास गरे पनि सहमति हुन सकेन ।

सभामुख घिमिरेले बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणले संसद् बैठक निरन्तर स्थगित हुँदै आएको छ । प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामासहित छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।

सत्तापक्षले भने गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने अडान लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयमा छानबिन समिति आवश्यक नरहेको सत्तापक्षको तर्क रहेको छ ।