सांसदहरुको कोरोना परीक्षण सुरु, ज्वरो देखिए आइसोलेसनमा भर्ना गरिने


काठमाडौं – प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना भाइरसको परीक्षण सुरु भएको छ ।

बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदहरुको संसद भवनमा पिसिआर टेष्ट सुरु भएको छ ।
सांसदहरुले संसद भवन प्रवेश गर्दा हात धुने, स्यानिटाइजर लगाउने व्यवस्था रहेको छ ।

ज्वरो नाप्ने, ज्वरो देखिए संसद भवनकै आइसोलेसन कक्षमा राख्ने र अस्पताल लैजाने व्यवस्था गरिएको छ । सांसद र संसद सचिवालयका कर्मचारीले मास्क अनिवार्य लगाउनुपर्छ ।

संसद बैठकमा एउटा सांसदले बोलेपछि माइक स्यानिटाइज गरेर मात्र अर्को सांसदले माइक समात्नुपर्ने, सभाहलमा हरेक टेबलमा स्यानिटाइजर राखिनेछ ।

सांसदहरुको टेष्ट गरिसकेपछि कर्मचारी, मर्यादापालक, पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement