संघिय संसदकाे दुवै सदनको पहिलो बैठक आजबाट सुरू हुदै


काठमाडौँ – संघीय संसदको पहिलो बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा आज अपारान्ह ४ बजेदेखि बस्दै छ ।  राष्ट्रपतिले आह्वान गरे अनुसार संघिय संसदमा प्रतिनिधि र राष्ट्रियसभा गरी दुई सदनमा आ–आफ्ना सभा हलमा बस्ने भएको हाे ।

गत मंसिर १० र २१ गते निर्वाचन सम्पन्न भएपछि ढिलो गरी निर्वाचन आयोगले अन्तिम मतपरिणाम राष्ट्रपति समक्ष बुझाएको थियो । संवैधानिक व्यवस्था अनुसार अन्तिम मतपरिणाम सार्वजनिक भएको एक महिनाभित्र संसदको पहिलो बैठक आह्वान गर्नु पर्ने व्यवस्था छ । प्रतिनिधि र राष्ट्रियभिाका लागि निर्वाचित सदस्यले हिजो पद तथा गोपनीयताको सवथ लिएका थिए ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति भण्डारीबाट अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै, प्रधानमन्त्री कार्यालयले मन्त्री परिषद बिस्तार सम्बन्धी पूर्ण विवरणसहितको पत्र पढेर सुनाउने कार्य सूची पनि रहेको एमाले नेता भानुभक्त ढकालले जानकारी दिए ।

यस्तै, अाजकै बैठकले संघीय संसदको अन्तरिम कार्यविधि अनुमोदन गर्ने, बैठक सञ्चालनका लागि संसदमा प्रतिनिधित्व गर्ने पाँच दलबाट एक एक जनाको नाम अनुमोदन गर्ने कार्यतालिका  समेत रहेको छ । त्यसैगरी संसदको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने तयारी छ । सोमबारको बैठकमा सबैदलका प्रतिनिधिले सम्बोधन गर्न नभ्याउने भएकाले मंगलबार बिहान बैठक बस्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement