अदालतले तोकेको समयमा संसद बैठक बोलाउने सरकारको निर्णय

अदालतले तोकेको समयमा संसद बैठक बोलाउने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतले तोकेको समयमा संसद बैठक बोलाउने निर्णय गरेको छ ।

बुधबार बसेको स्थायी कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको निर्णय स्वीकार गर्दै तोकिएको समयमा संसद बैठक राख्न सरकार तयार रहेको जानकारी दिए । मंगलबार सर्वोच्चले फैसला भएको १३ दिनभित्र संसद बैठक राख्न आदेश दिएको थियो ।

‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ’, उनले भने ।

त्यस्तै बैठकले पार्टी केन्द्रीय कमिटी र नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । संसदीय दलको नेता भएको हैसियतले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले बोलाएको बैठक नै आधिकारिक हुने उनले बताए ।

परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राजीनामा दिने संकेत गरेका छन् । उनले आफूहरु अन्य राजनीतिक दलहरुसँग परामर्शमा रहेको र प्रधानमन्त्रीले मुलुकलाई फाइदा पुग्ने हेतुले निर्णय गर्ने बताए ।

‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने हाम्रो भनाई हो । प्रधानमन्त्रीले देशका लागि जे उपर्युक्त हुन्छ त्यो गर्नुहुन्छ’, उनले भने ।

‘नेकपा शक्ति पृथकिकरण, लोकतन्त्रका आधारभूत मूल्य मान्यता र विधिको शासनमा विश्वास गर्ने पार्टी हो । हामीले बनाएको संविधानको अन्तिम व्यायाताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । हिजो सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयन गर्ने, सम्मान गर्ने निर्णय गरेका छौं’, उनले भने, ‘फैसला अपेक्षित नै हुन्छन् भन्ने छैन् र गरिएका फैसलाले सँधै भरी वाञ्छित परिणाम दिन्छन् भन्ने होइन । हाम्रो चिन्ता जनताको चाहना–स्थायी सरकार स्थायी नीतिहरु र मुलुकमा वर्गाीय राजनीतिक स्थायित्व । यी कुराहरलाई अदालतको फैसलाले बल पुर्याउँछ या मुलुक अस्थीरतातर्फ जान्छ भन्ने हो ।’