प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् एजेण्डा


काठमाडौं – आज संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘कारागार विधेयक २०७६’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘कारागार विधेयक २०७६’ पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

यस्तै बैठकमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ’बिउ बिजन (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६’ पेश गर्ने कार्यसूची रहेको छ ।

यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६’ लाई प्रस्तुत गर्नेछन् ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभामा उत्पति भएको ‘संघ प्रेदश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक,२०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

भौतिक पूर्वाधार तथा यातायात वसन्तकुमार नेम्बाङले राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement