प्रतिनिधिसभा बैठक बस्दै,सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्रीहरू


काठमाण्डु -प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

मंगलबारकाे बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्रालय सबन्धी माैखिक प्रश्नहरूकाे सबन्धित मन्त्रिले उतर दिनेछन् ।

सभामुख देबराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतकाे बिषयगत समितिहरूमा माननीय सदस्यहरूकाे नाम हेरफेर गर्ने कार्यसूची छ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमेस्टेक वडा पत्रकाे प्रावधानमाथी सदनमा छलफल र अनुमाेदन अनुमोदनका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पति भएकाे बिधायन सबन्धी बिधेयक २०८० माथी बिचार गरियाेस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेकाे सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement