नेपाली सेनाका पूर्वप्राविधिक प्रमुख सेनानी रिजाल मृत भेटिए


काठमाडाैं – सिन्धुलीमा नेपाली सेनाका पूर्वप्राविधिक प्रमुख सेनानी ज्ञानेन्द्रबहादुर रिजाल मृत अवस्थामा फेला परेका छन्। सिन्धुलीको कमलामाई नगरपालिका-४ ढुंग्रेवासस्थित मुस्कान होटलमा मृत अवस्थामा फेला परेका हुन् ।

मोरङ घरभएका ५९ वर्षीय नेपाली सेनाका पूर्वप्राविधिक प्रमुख सेनानी रिजाल शुक्रबार राति मृत अवस्थामा फेला परेका छन् । राती होटलमा खाना आएर सुतेका रिजाल विहान अबेरसम्म पनि नउठेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेर प्रहरीसहित हेर्दा रिजाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीले होटलको कोठाको मुचुल्का उठाएर मृतक रिजालको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ। घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement