काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पारसमणि गेलालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणको प्रशंसा गर्दै भ्रमणले मुस्ताङलाई विश्वभर चिनाउन योगदान पुगेको दाबी गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनताको चाहनाअनुसार प्रधानमन्त्रीले ४÷५ वटा सवारीसाधनसहित साधारण रुपमा मुस्ताङ पुगेको बताए ।
गेलालले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणका लागि प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।
‘मुस्ताङलाई विश्वभर चिनाउनुभयो,’ उनले भने, बप्रधानमन्त्रीलाई हार्दिक धन्यवाद र नमन गर्न चाहन्छु ।’
मुस्ताङ भ्रमणको प्रसंगपछि गेलालले आफ्नो क्षेत्रको कोशी कटान समस्या संसद्मा उठाए । उनले कोशी कटानका कारण बराह–९ का २२ परिवार विस्थापित भएको जानकारी दिँदै जोखिममा रहेका बस्तीको संरक्षणका लागि तत्काल काम थाल्न सरकारसँग माग गरे ।
उनले बराह–९ मा कोशी नियन्त्रणका लागि ड्याम वा बाँध निर्माण गर्न के कारणले रोकिएको हो भन्ने प्रश्नसमेत ग रे। समयमै समस्या समाधान नगरे भविष्यमा हजारौँ घरपरिवार विस्थापित हुने अवस्था आउन सक्ने उनको चेतावनी थियो ।
गेलालले कोशी कटान नियन्त्रणका विषयमा आफूले विभिन्न मन्त्रीहरूसँग पटक–पटक मौखिक रूपमा ध्यानाकर्षण गराएको तर अपेक्षित सुनुवाइ नभएको गुनासो गरे ।
समस्या समाधानका लागि प्रधानमन्त्रीको सचिवालयमा औपचारिक रूपमा पत्रसमेत दर्ता गराइसकेको उनले जानकारी दिए ।
देशमा बालेन सरकारको अभिभावकत्व रहेकाले आफूहरुको समस्या समाधान हुनेमा मतदाता विश्वस्त रहेको गेलालको भनाइ थियो ।




प्रतिक्रिया