पर्साको धोविनीमा सेनाको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


पर्सा – नेपाली सेनाले पर्सा जिल्लाको धोविनी गाउँपालिका–७ स्थित जनता स्वास्थ्य चौकीको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सेनाले नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले २९ गते २८ बाहिनी अड्डा र २८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधी उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं. २ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं चण्डी प्रसाद गणको संयोजकत्वमा १ दिने निःशुल्क जनरल इएम तथा डेन्टल स्वास्थ्य शिविर संचालन गरेको हो ।

कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट बञ्चित र दुर्गम स्थानमा रहेका बिरामीहरुलाई निःशुल्क औषधी वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको उक्त स्वास्थ्य शिविरबाट महिला–१५३, पुरुष–१०० र बालबालिका ४४ जना गरि जम्मा २९७ जना सर्वसाधारणहरु लाभान्वित भएका छन् ।

साथै सोही अवसरमा चण्डी प्रसाद गणको तर्फबाट २००० गोटा मास्क तथा २०० गोटा झुल स्थानियलाई वितरण गरिएको थियो । सेना र आम नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले महत्वपूर्ण भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement