पर्सा प्रहरी कार्यालय नजिकै व्यापारीमाथि गोली प्रहार


पर्सा – पर्सा प्रहरी कार्यालय नजिकै एक व्यापारीमाथि गोली प्रहार भएकाे छ । प्रहरी कार्यालय भन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगलामा गोलि प्रहार भएको हाे । हतियारधारीले प्रहार गरेको गोली लागी  वीरगन्ज एक युवक गम्भीर घाइते भएका छन् ।

अज्ञात हतियारधारीले गोली चलाउँदा वीरगन्ज महानगपालिका–१३ रानीघाटका ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते चौरसियाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गराए पनि उनको स्वास्थ्य स्थिति जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौंको वीर अस्पतालमा रिफर गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।

गोली प्रहारमा संलग्नलाई पक्राउ गर्न वीरगन्जसँग सिमाना जोडिएका क्षेत्रमा चेकजाँचलाई तीव्र पारिनुका साथै नगर क्षेत्रमा भित्रिने र बाहिरिने बाटोमा सेमत चेकजाँच भइरहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement