प्रधानमन्त्री शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारीहरूसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारीहरूसँग छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग बिहीबार छलफल गर्दैैछन् ।

छलपल ११ : ३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ । छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी रहने छन्।

यो नेपालमा जैविक (अर्ग्यानिक) कृषि उत्पादन, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धन गर्ने संस्था हो। सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालमा उद्योग, व्यवसाय प्रवर्द्धनका निम्ति उद्योगी-व्यवसायीसँग निरन्तर छलफल गरी उनीहरूका जायज माग सम्बोधन गर्दै आएका छन्।