काठमाण्डु – नेपाली कांग्रेसले डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा न. ११ को अध्यक्ष पदका लागि प्रकाश ऐरलाई उम्मेदवार बनाएको छ । पार्टीले स्थानीय तहको निर्वाचन अन्तर्गत नतृत्व हाँक्न सक्ने सक्षम व्यक्तिका रुपमा ऐरलाई अध्यक्ष पदको उम्मेदवार बनाएको हो ।
त्यसैगरी नेपाली कांग्रेसले महिला सदस्यमा कोपिलादेवी खत्री, दलित महिला सदस्यमा वेलु सार्की, सदस्यमा छविलाल घिमिरे र गौरव धामीलाई उम्मेदवार बनाएको छ । यी उम्मेदवारहरूले आज दिउँसो ३ बजे मनोनयन दर्ता गर्ने जनाइएको छ ।
लामो समय देखि नेपाली कांग्रेसबाट राजनीतिमा संघर्ष गर्दै र निर्माण कार्य गर्दै आयका ऐर जनताहरूका माझ अत्यन्तै लोकप्रिय बनेका छन् । वडा न. ११ का कांग्रेस सभापति समेत रहेका ऐरले गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता, स्वास्थ्य क्षेत्रको सीपमूलक अभिमुखी कार्यक्रम, कृषि सम्बन्धी बाटोघाटो कार्यक्रम संचालन गर्दै आएका छन् ।
त्यसैगरी उनले आईटी कम्प्युटर सम्बन्धी तालिम, महिला समुह , युवा खेलकुद तथा स्वरोजगारका कार्यक्रम, गाउँघर सर सफाइ सम्बन्धी कार्यक्रम, सामुदायिक वन जङ्गल उचित व्यवस्थापन, सिँचाइ सम्बन्धीका समस्याको समाधान, एकल महिला बालबालिका , दलित सम्बन्धी विशेष कार्यक्रम लगायत एउटा आधुनिक शिक्षालयको स्थापनासमेत गरेका छन् ।




प्रतिक्रिया