परशुराम नगरपालिकामा एक युवकले गरे पङ्खामा झुण्डिएर आत्महत्या


काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा एक युवकले आत्महत्या गरेका छन् ।

परशुराम नगरपालिका-१० ढकानीका रमेश खातीले आत्महत्या गरेका हुन् । आज उनी घरको कोठामा पङ्खामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

घरका मानिसले कोठाभित्र हेर्दा उनी मृत फेला परेका थिए । उनले केही वर्ष अगाडि मात्रै विवाह गरेका थिए । आमा बुवाको एक्लो छोरा भएकाले रमेशका हरेक आवस्यकता घर परिवारका सदस्यले पुरा गर्दै आएका थिए ।

तर, उनले अचानक आत्महत्या गनुर्काे कारण भने खुलेकाे छैन । उनी पहिला देखिनै जिद्दी स्वभावका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement