परशुराममा भाइरल भिडियो काण्डः वडाअध्यक्षले नाबालिकालाई बुहारी बनाउने सम्झौता

परशुराममा भाइरल भिडियो काण्डः वडाअध्यक्षले नाबालिकालाई बुहारी बनाउने सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टक खाती, काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिका-१० मा वडाअध्यक्षका छोराले प्रेमीकाको अश्लील भिडियो भाइरल गरेको प्रकरण सहमतिमा टुंगिएको छ ।

परशुराम नगरपालिका-१० का वडा अध्यक्ष राजकुमार भाटले पीडित नाबालिकालाई बुहारी बनाउने सहमति भएसँगै विवाद टुंगिएको हो । वडा न. १० का वडाअध्यक्ष भाटका छोराले १७ वर्षीया नाबालिकाको अश्लील भिडियो भाइरल गर्दै सामाजिक सञ्जाल फेसबुकमा चरीत्र हत्या गरेका थिए ।

त्यसपछि पीडित पक्ष अदालत जानेसम्मको तयारीमा थियो । बुधवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले छलफलका लागि दुबै पक्षलाई बोलाएको थियो । दुबै पक्षले उमेर पुगेपछि केटाकेटीको विवाह गर्ने सहमति जुटाएर प्रहरी कार्यालय पुगेका थिए।

आफूहरुबीच कुुनै मनमुटाब नभएको सहमति बाहिरै जुटाएको सन्देश दिन मात्रै उनीहरु कार्यालयमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुसुम नायकले बताएका छन् । पीडित नाबालिकाका बुवाले आफूहरुबीच उमेर पुगे पछि केटा र केटीको विवाह गरिदिने सम्झौँता भएको बताए ।

वडा अध्यक्ष भाट र उनका छोरा उमेर पुगेपछि विहे गर्ने विषयमा सहमत भएको उनको भनाइ छ । ‘अध्यक्ष ज्यले तपाईकी छोरीलाई बुहारी बनाउछु भन्ने सम्झौता गरेपछि कानुनी बाटोमा गएन । हामीहरुबीच उमेर पुगे पछि केटाकेटीको विहे गराइदिने सहमति भएको हो । उहाँको छोराले पनि गल्ती स्वीकार गर्दै अब धोका दिदैँन भन्नुभएको छ । अब अध्यक्ष ज्युले बुहारी बनाउछु भनेपछि हामीहरु बीचको विवाद टुंगिएको हो’, पीडित नाबालिकाका बुवाले भने ।

आफूले त अहिले नै विवाह गराइदिने प्रस्ताव राखेको पनि उनले बताए । ‘मैले त अहिले नै मेरी छोरी लग्नु भनेको थिए । तर, उनले चाहीँ म अध्यक्ष भएका कारण उमेर नपुगि बुहारी बनाएपछि यताउति प्रश्न उठ्छ । अब केटा केटी भागेर गयो भने त्यो अलग कुरा भयो । त्यसकारण अहिले होइन उमेर पुगेपछि विवाह गराइदिउँला । वडाअध्यक्षले मसँग भन्नुभएको छ ।’, पीडित नाबालिकाका बुवाले भने ।

त्यस्तै पीडित नाबालिकाले अध्यक्ष भाटको छोरा आफूसँग विहे गर्न राजी भएको बताइन । वडाअध्यक्ष भाटका छोराले गल्ती स्वकार गर्दै भोलीको दिनमा आफूलाई धोका नदिने बताएको पीडित नाबालिकाको भनाइ छ । यो विषयमा अध्यक्ष भाटसँग बुझ्न खोज्दा उनले फोन उठाएनन् ।

विवाद के हो ?

ती नाबालिकाको प्रेमीसमेत रहेका वडा अध्यक्ष भाटका छोराले उनको अश्लील भिडियो म्यासेन्जर च्याटमा सार्वजनिक गरेर भाइरल गरेका थिए । आफ्नो नग्न शरीरको भिडियो अचानक भाइरल भएपछि ति नाबालिका भने मानसिक तनावमा थिइन् ।

चैत्र महिनादेखि वडाअध्यक्ष भाटका छोरा र ती नाबालिका प्रेम सम्बन्धनमा थिए । प्रेम सम्बन्धमा रहेका बेला भाटका छोराले ती नाबालिकालाई नग्न सरिरको भिडियो बनाएर आफुलाई पठाउन आग्रह गर्थे । उनको आग्रहमा ती नाबालिकाले पनि नग्न भिडियो बनाएर फेसबुकको मेसेन्जरमा पठाउने गर्थिन । सोही नग्न भिडियो अहिले जता त्यहि पुगेको हो ।

भिडियो भाइरल भएपछि काठमाण्डुपाटी डटकमले परशुराममा वडाअध्यक्षकै छोराले गरे प्रेमीकाको अश्लील भिडियो भाइरल भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो । काठमाण्डुपाटी डटकमले समाचार प्रकाशन गरेपछि सामाजिक सञ्जालमा दोषीलाई कारबाही हुनुपर्छ भन्दै चातर्फी दवाव सिर्जना भएको थियो ।

भिडियो भाइरल भएपछि अध्यक्ष भाटसँग पीडितका बुवाले भेटवार्ता पनि गरेका थिए । उनले अध्यक्ष भाटसँग उमेर पुगेपछि दुबैको विवाह गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, त्यसबेला भाट ती पीडित नाबालिका सँग आफ्ना छोराको विहे गराउने विषयमा सहमत भएका थिएनन् । काठमाण्डुपाटी डटकमसँगको कुराकानीमा भने पीडितका बुवासँग केटाकेटीको मन भए बिहे गराइ दिने पनि आफूले भनेको अध्यक्ष भाटले जिकिर गरेका थिए ।

यो पनि पढ्नुहोस्, परशुराममा वडाअध्यक्षकै छोराले गरे प्रेमीकाकाे अश्लील भिडियो भाइरल, यस्तो छ घटनाको नालिबेली