परशुराममा वडाअध्यक्षकै छोराले गरे प्रेमीकाकाे अश्लील भिडियो भाइरल, यस्तो छ घटनाको नालिबेली


टक खाती,काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा एक नाबालिकाको चरित्र हत्या गरिएको छ ।

परशुराम नगरपालिका १० का वडा अध्यक्ष राजकुमार भाटका छोराले १७ वर्षीया नाबालिकाको अश्लील भिडियाे भाइरल  गर्दै सामाजिक सञ्जाल फेसबुकमा चरीत्र हत्या गरेका हुन् ।

अहिले ती नाबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। आफ्नो नग्न शरीरकाे भिडियो अचानक भाइरल भएपछि ति नाबालिका भने मानसिक तनावमा छिन् । वडा न. १० का वडाअध्यक्ष भाटका छोरा पनि नाबालक नै हुन् । यता पीडित नाबालिका पनि वडा न. १० कै हुन् ।

वडाअध्यक्ष भाटका छोरा र ती नाबालिका प्रेम सम्बन्धनमा थिए । प्रेम सम्बन्धमा रहेका बेला भाटका छोराले ती नाबालिकालाई नग्न सरिरकाे भिडियो बनाएर आफुलाई पठाउन आग्रह गर्थे । उनको आग्रहमा ती नाबालिकाले पनि नग्न भिडियो बनाएर फेसबुकको मेसेन्जरमा पठाउने गर्थिन । सोही नग्न भिडियो अहिले जता त्यहि पुगेको छ । उक्त भिडियो भाटका छोराले भाइरल गरेको पिडित पक्षको दाबी छ ।

‘गएको चैत्र महिनादेखि हाम्रो फोनमा कुरा भएको हो । त्यसपछि उसले गरेका हरेक कुरामा विश्वास गर्दै गए । तर, अहिले आएर मेरो बदनाम गरिएको छ । मायाको नाटक गर्यो, विहे गर्ने सपना देखायो ।अनी भिडियो बनाएर पठाउनु भन्यो। मैले पनि विश्वासमा जे जे भन्यो त्यही गरे तर, अहिले मेरो बदनाम गरायो । मैले के गल्ती गरेको थिय । जसलाई विश्वास गरे उसैले मेरो इज्जतमा दाग लागायो । मलाई न्याय दिनुहोस् । ममाथि अन्नाय भएको छ ।’, पीडित नाबालिकाले भनीन् ।

भिडियो भाइरल भएपछि आफूले फोन गर्न खोज्दा फोन अफ गरेको उनले बताइन् । उनले भिडियो भाइरल गराउने भाटका छोरालाई कारबाही हुनुपर्ने माग गरेकी छन् । आइतवार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको ती नाबालिकाका बुवाले बताएका छन् । आफूले वडाअध्यक्ष भाटसँग कुरा गर्न खोज्दा आनाकानी गरेको उनले बताए ।

यता वडाअध्यक्ष राजकुमार भाट भने आफ्नो छोराको बचाउमा उत्रिएका छन् । उनले ती नाबालिकाले आफ्नो छोरालाई जवरजस्ती भिडियो बनाएर पठाएको बताए । ‘मैले मेरो छोरालाई महेन्द्रनगर गएर सोध्दाखेरि छोराले के भन्यो भने, मलाई त्यो केटीले जवरजस्ती आफैले भिडियो पठाएको हो । अनि मैले मेरो साथिलाई त्यस केटीलाई सम्झाइँ दिनु भनेर भिडियो पठाएको हुँ अनि साथीले चाहीँ भिडियो भाइरल गरेछ ।’, अध्यक्ष भाटले आफ्नो छोराको भनाइ उद्दत गर्दै भने ।

अध्यक्ष भाटले आफूले ती नाबालिकाको बुवासँग कुरा गरेको पनि बताए । ‘मैले ती बालिकाको बुवासँग कुरा गर्दाखेरी कागज बनाएर अहिले नै बिहे गराइदिनु पर्यो भन्ने माग राख्नुभयो । अहिले केटाकेटीको उमेर पुगेको छैन । यदि दुबैको मन भए उमेर पुगेपछि बिहे गराइ दिउला भनेको थिए । तर, उहाँले मान्नु भएन ।’, वडाअध्यक्ष भाटले भने । एउटा जनप्रतिनिधि भएर पनि राजकुमार भाटले आफ्नो छोराको पक्षमा बोलिरहेका छन । ताकी भाटले नाबालिकाले जवरजस्ती भिडियो पठाएको समेत जिकिर गरेका छन् ।

कुनै व्यक्तिको चरित्र हत्या गर्नु समाजिक अपराध हो । यो मानिसको हत्याभन्दा पनि ठूलो हत्या हो। तर, परशुराम नगरपालिकामा भने सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ । जसको फलस्वरूप अरुका व्यक्तिगत कुराहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement