पार्टी एकतालाई अवरोध पुग्ने गरी अल्मलिएको छैन् : प्रचण्ड


 

चितवन- नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा नबसेको बताएका छन् ।

 

 

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले आज चितवनमा आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदका सम्मानमा आयोेजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित सांसद दाहालले पार्टी एकतालाई अवरोध पुग्ने गरी जिल्लामा आफू अल्मलिएर नबसेको बताएका छन्।

 

 

नेता दाहालले आफु एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर नै जिल्लामा आएको बताए । तर केही मिडियाले जिल्लामा नै अलमल गरेको भन्दै समाचार दिएको बताएका छन् । यसमा द्विविधा नहुन आग्रह गरेका छन् ।
दाहालले अब चाडैँ नै पार्टी एकता हुने बताए । दुई तीन दिनसम्ममा निर्वाचन आयोगले सबै काम टुङ्ग्याउने भएकाले आफू जिल्ला आएको उनले स्पष्ट पारे ।

 

 

त्यस्तै एक अर्को प्रसंगमा अध्यक्ष दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको भौतिक सम्पत्तिका विषयमा भएको विवाद आफूले सल्टाउने प्रयास गर्दै आएको दाबी गरे ।
पूर्वप्रधानमन्त्री दाहालले भने, “एउटा सेन्टर अफ एक्सिलेन्सका रुपमा यो विश्वविद्यालयलाई विकास गर्नुछ । ”

 

सो अवसरमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कृष्णभक्त पोख्रेलले सो विश्वविद्यालयलाई नमूना विश्वविद्यालय बनाउनुपर्ने बताए भने विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयको अवस्थाका बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement