एकीकृत समाजवादीको केन्द्रीय कमिटी अवैध ? खारेज गर्न पार्टीभित्रै दबाब

एकीकृत समाजवादीको केन्द्रीय कमिटी अवैध ? खारेज गर्न पार्टीभित्रै दबाब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी विधान विपरीत र अवैध भएको आरोप लगाउँदै पार्टीकै नेताहरूले खारेज गर्न माग गरेका छन् ।

असन्तुष्ट नेताहरूले सोमबार अध्यक्ष माधवकुमार नेपाललाई भेटेर महाधिवेशनको म्यान्डेट विपरीतका सबै कामकारबाही खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा केन्द्रीय कमिटी, पोलिटब्युरो र पदाधिकारी खारेज गर्न माग गरिएको छ ।

पार्टीको आन्तरिक एकता जोगाइराख्न केन्द्रीय कमिटी खारेज गर्नुपर्ने माग गर्दै नेताहरू जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुलीले अध्यक्ष नेपाललाई ज्ञापनपत्र बुझाएका छन् ।

अध्यक्ष नेपाललाई बुझाएको ज्ञापन पत्रमा ३४४ सदस्यीय केन्द्रीय कमिटी, पदाधिकारी र पोलिटव्युरो कमिटी अवैध रहेकाले खारेज गर्नुपर्ने उल्लेख गरिएको छ ।

पढ्नुहोस् ज्ञापनपत्र –