पार्टी एकताको फलामे ढोका फोडेका छौँ :अध्यक्ष प्रचण्ड


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको फलामे ढोका फोड्न सफल भएका बताएका छन् ।  सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा नेकपाको स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ’पार्टी एकतालाई अन्तिम रुपमा दिने फलामे ढोका फोडेका छौँ जिल्ला अध्यक्ष र सचिवको विषय थियो। त्यसो टुंगिएको छ।’

प्रचण्डले भने, ’हामीले नेपाली जनतासँग गरेको बाचाअनुसार बिलकुल विचलित नभई हामी अघि बढ्यौं र पार्टी एकता गरेरै छाड्यौं।’ प्रचण्डले नेपालको शान्ति प्रक्रियाप्रति पनि शंका पैदा गर्ने कोसिस भएको बताए। पार्टी एकता नभए सम्पूर्ण उपलब्धि खतरामा पर्न सक्छन् भन्ने संकल्पसहित आफूहरू जिम्मेवार भएको उनको भनाइ थियो।

अध्यक्ष प्रचण्डले सजिलो नभए पनि पार्टी एकताको मिसन पूरा गरेको भन्दै प्रचण्डले यसबाट प्रतिक्रियावादीका लागि झट्का लागेको र आफूहरुका लागि नयाँ उत्साह भएको बताए। उनले पार्टीले माक्सवाद, लेनिनवाद विचारधारमा टेकेर समाजवादतिरको यात्रामा अघि बढ्ने दाबी गरे। अध्यक्ष प्रचण्डले पार्टी एकता विचारको जगमा टेकेर भएको र यसको अबको यात्रा समाजतिरको हुने बताए।

उनले अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्दै गएको अवस्थामा नेपालकोे आन्दोलन आक्रमक रुपमा पु¥याएको दावी गरे। ‘नेकपा अहिले कम्युनिस्ट आन्दोलनको आक्रमक मोडमा रहेको छ। यो पार्टी एकतालाई विश्वका श्रमजीवी जनताले गहिरोगरी अवलोकन गरेको अवस्था छ। अर्कातर्फ देशभित्र र बाहिर यससलाई असफल बनाउने षड्यन्त्र भइरहेको छ’ उनले भने।

प्रतिक्रिया दिनुहोस
Advertisement