नेपाल कम्युनिष्ट पार्टीले बनायो शक्तिशाली दुई समिति, यस्तो छ तयारी ?


काठमाडौं– पार्टी एकता गर्ने सात बुंदे सहमती गरेका माओवादी केन्द्र र एमालेले आन्तरीक रुपमा दुई वटा कमिटी गठन गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार सांझ भएको सहमतीअनुसार राजनितिक प्रतिवेदन लेख्ने र संगठनको विधान प्रतिवेदन लेख्न दुई वटा छुट्टा–छुट्टै समिती समेत गठन भएका छन् । समितिमा दुवै पार्टीको तर्फबाट शिर्ष नेताहरु सदस्य छन् ।

सोमबार गठन भएको राजनितीक प्रतिवेदन तयार पार्ने सहमतीमा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ,शक्ति बहादुर बस्नेत, देव गुरुङ, पम्फा भुषाल, देवेन्द्र पौडेल छन् भने एमालेबाट माधव नेपाल, भिम रावल,प्रदिप ज्ञवाली,रघु पन्त र सुवास नेम्वाङ सदस्य छन् ।

त्यसैगरी संगठन विधान प्रतिवेदन समितिमा माओवादीबाट रामबहादुर थापा बादल, बर्षमान पुन,गिरीराजमणी पोखरेल र जनार्दन शर्मा छन् । एमालेबाट ईश्वर पोखरेल,सुरेन्द्र पाण्डे,विष्णु पौडेल, रघुवीर महासेठ र वेदुराम भुषाललाई समितिमा राखिएको छ।

राजनितिक प्रतिवेदन समितिले नेपाल कम्युनिष्ट पार्टीको राजनितिक प्रतिवेदन तयार पार्नेछ भने संगठन विधान समितिले संगठनको संरचना र त्यसको स्वरुपको टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement