लगानी बोर्ड बैठक :पश्चिम सेती र एसआर-६ अघि बढाउने जिम्मा भारतीय कम्पनीले पायो


काठमाण्डु – पश्चिम सेती जलविद्युत आयोजना भारतीय कम्पनीलाई दिने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत परियोजनाको लागि अध्ययन गर्न भारतीय कम्पनी एनएचपीसी इण्डिया लिमिटेडलाई अनुमति पत्र दिने समझदारीपत्रलाई स्वीकृत गरेको छ ।

चिनियां कम्पनी थ्री गर्जेजसंग सम्झौता तोडेपछि उक्त परियोजना अलपत्र परेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उनको प्राथमिकतामा पश्चिम सेती परेको थियो ।

बैठकले ४५० मेगावाट क्षमताको सेती नदी ५ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न एनएचपीसी इण्डियासंग गरिने समझदारीपत्र स्वीकृत गरेको छ ।

बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताको सम्बन्ध आवश्यक तयारी अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

सोमबार बसेको बोर्डको बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी २ जलविद्युत परियोजनाको अध्ययनको लागि हिमताल जलविद्युत कम्पनीलाई सर्बेक्षण अनुमति प्रदान गर्ने समझदारी गर्ने निर्णय गरेको बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement