साउनको पहिलो सोमवार : पशुपतिमा एकाविहानैदेखि भक्तजनको भिड (फोटोफिचर)


काठमाण्डु – आज साउनको पहिलो सोमबार । हिन्दु परम्पराअनुसार साउन महिनामा पर्ने सोमबारको छुट्टै महत्व हने गर्छ ।

साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

यस दिनलाई सात्विक खानपान र हरियालीको महिनाका रुपमा मनाइने गरिन्छ । त्यसैले पनि आज पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साउनको सोमवार शिवको पूजा गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ विशेषगरी महिला भक्तजन बिहानैबाट शिव मन्दिर पुग्छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement